भ्रामक पोस्ट गर्ने र तस्बिर बिगारेर सामाजिक सञ्जालमा राख्ने व्यक्ति व्यूरोद्वारा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा नाम चलेका नेताहरूको तस्बिर बिगारेर चरित्र हत्या गरी विद्युतीय अपराध गरेको अभियोगमा नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटीले रमेश रावतलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘रमेश रावत अफिसियल’ नाम गरेको पेज बनाएर भ्रामक र तस्बिरहरू बिगारेर सामग्रीहरू पोस्ट गर्ने गरेको अभियोग लागेको छ । रावतलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

भ्रामक सामग्री सम्प्रेषण गर्ने २२ वर्षीय रावत सिन्धुपाल्चोकका बाह्रबिसेस्थित किष्टन हस्पिटलको फार्मेसीमा कार्यरत रहेका थिए । रावतलाई बाह्रबिसेमा साइबर व्यूरोको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

रावत सहितको समूहले सामाजिक सञ्जाललाई निकै दुरुपयोग गरिरहेको छ । सामाजिक सञ्जालमा मानिसहरूको तस्बिर तोडमरोड गरेर राख्ने, चरित्र हत्या गर्ने, साईबर अपराध गर्ने लगायतका कार्यहरू हुँदै आएका छन् ।

साइबर व्यूराले सामाजिक सञ्जालमा निगरानी गरेर भ्रामक पोस्ट गर्ने र तस्बिरहरू बिगारेर चरित्र हत्या गर्ने समूहलाई धमाधम पक्राउ गरेर हदैसम्मको कारबाही गर्दै आएको छ ।

Published : Saturday, 2024 August 17, 12:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया