प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच भेट भएको हो । उनीहरूका बीच सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालले भनेको छ, ‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’

सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक प्रतिनिधि सभाबाट पारित भएको दुई दिनपछि ओली र देउवाबीच भेटवार्ता भएको छ । उनीहरूले शान्ति प्रक्रियालाई टुङ्गोमा लैजाने गरेर कामहरू गरिरहेका छन् ।

Published : Saturday, 2024 August 17, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया