भ्रष्टाचार भएको ५ वर्षभित्र मुद्दा नचले भन्ने विधेयकमा छैन : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार मुद्दामा ५ वर्षको हदम्याद नरहेको बताएका छन् ।

सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति खतिवडाले भने, ‘भ्रष्टाचार सम्बन्धी विधेयकमा छलफल भइरहेको छ । विधेयकमा रहेका सहि कुरा जनताका बीचमा लैजान सकेका छैनौँ ।’

उनले भने, ‘भ्रष्टाचार भएको ५ वर्षभित्र मुद्दा नचले त्यो मान्छेलाई मुद्दा नचल्ने भन्ने त्यो कुरा विधेयकमा उल्लेख छैन ।’

‘भ्रष्टाचार भएको थाहा पाएको मितिले ५ वर्ष । ०४६ सालमा भ्रष्टाचार भएको थियो । अहिले थाहा पाउनुभयो । त्यसको पाँच वर्षसम्म उजुरी हाल्न पाउनु हुन्छ । यो त अनलिमिटेड नै छ नी ?’

‘अझै पनि यसलाई संशोधन गर्न साथीहरूले प्रस्ताव ल्याउनु भएको छ’, खतिवडाले भने, ‘यो विषयमा के गर्ने भनेर छलफल चलिरहेको छ ।’

उनले भने, ‘बदमासी गर्नेलाई हदम्याद राख्नु पर्छ र ? योबारेमा पनि छलफलमा छौँ । हामी जनताको सरोकारभन्दा बाहिर गएर निर्णय गर्ने पक्षमा छैनौं ।’

Published : Monday, 2024 August 26, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया