मोटरसाइकल बचाउन खोज्दा कपिलवस्तुमा बस दुर्घटना

शिवपुर । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ ।

सोमबार पूर्व–पश्चिम महेन्द्र राजमार्गको बनकसबासमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको संयुक्त यातायातको लु २ ख १५९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ४ जनाको बुटवलको चौराहा अस्पताल, ५ जनाको भैरहवा मेडिकल कलेज र ३ जनाको चन्द्रौटास्थित सन्जीवनी सामुदायिक अस्पताल र १ जनाको आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिश भण्डारीले बताएका छन् ।

मोटरसाइकललाई बचाउने क्रममा बस सडकमा पल्टिएको भण्डारीले बताए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

Published : Monday, 2024 August 26, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया