तलब समायोजनको परमादेश पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन

काठमाडौं । तलब समायोजन गर्न दिएको परमादेश पुनरावलोकन गर्न सर्वोच्च अदालतमा निवेदन परेको छ ।

सरकारले निजामती सेवाका तीन श्रेणीका अधिकारीहरूको तलब समायोजन गर्न दिएको परमादेशविरुद्ध सरकारको तर्फबाट मंगलबार निवेदन दर्ता गरिएको छ ।

सर्वोच्च अदालतबाट उक्त निवेदनमा निस्सा प्राप्त भयो भने प्रत्यर्थी झिकाइ फेरि बहस सुरू हुन्छ ।

मर्यादाक्रममा समान रहेका सैनिक र प्रहरी अधिकारीको भन्दा निजामतीका सहसचिव, उपसचिव र शाखा अधिकृतको तलब कम भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले समान गराउन भनेको थियो ।

परामादेश कार्यान्वयन गर्दा तत्काल राज्यको ढुकुटीमा ठूलो आर्थिक भार थपिने भएपछि सरकारले पुनरावलोकनमा गएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।

Published : Tuesday, 2024 August 27, 11:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया