कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट पालिकाहरूलाई सभापति देउवाले सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्न लागेको छ ।

बिहीबार पार्टी कार्यालय वीपीनगर, सानेपामा सभापति शेरबहादुर देउवाले उत्कृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्नेछन् । कांग्रेसले नेतृत्व गरेका पालिकाहरूलाई थप उर्जाशील बनाउन सभापति देउवाले सम्मान गर्न लागेका हुन् ।

सभापति देउवाले कर्णालीदेखि कोशी प्रदेशसम्मका २१ स्थानीय सरकारहरूलाई पनि सम्मानित गर्ने कार्यक्रम छ ।

Published : Wednesday, 2024 September 11, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया