सेनाको उपरथी पदमा शाहको बढुवा, अधिकारी र कार्कीको पनि बढुवा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका ध्रुबप्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सहायक रथी शाह भदौ २४ गते उपरथी दर्जामा पदोन्नति भएका थिए । बिहीबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा सिग्देलले शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् ।

प्रधान सेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई पनि सिग्देलले महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

Published : Thursday, 2024 September 12, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया