प्रधानमन्त्री ओलीद्वारा दुई शीर्ष नेतासँग भेट, सरकारलाई अफ्ठ्यारो पार्न प्रचण्डको बठ्याइँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

बिहीबार बालुवाटारमा ओलीले देउवा र दाहालसँग संवैधानिक नियुक्तिहरूका विषमया परामर्श गरेका हुन् । सरकारले संवैधानिक नियुक्तिहरू गर्न खोजेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले असहयोग गर्ने प्रयास गरिरहेका छन् ।

अध्यक्ष दाहालले संवैधानिक निकायका सबै रिक्त पदमा सम्भव भए शुक्रबार नै सिफारिस गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले शुक्रबार नै संवैधानिक नियुक्तिका लागि सिफारिस गर्दा भाग पाइने र अमेरिकामा मानव तस्करीको अभियोग लागेकी उपसभामुख ईन्दिरा राना मगरको पद पनि बच्ने भएपछि यो प्रस्ताव गरेका छन् ।

एमाले र कांग्रेसले अमेरिकामा मानव तस्करी गरेको अभियोग लागेकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कसरत गरिरहेका बेला माओवादी अध्यक्ष दाहालले शुक्रबार नै संवैधानिक नियुक्तिहरू गर्न प्रस्ताव गरेका छन् ।

कांग्रेस र एमालेले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख रानालाई हटाउने प्रक्रिया अघि बढाउन लागेका छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले बुधबार नै उपसभामुखविरुद्ध पदीय अनुकूलको आचरण नभएको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएका थिए ।

Published : Thursday, 2024 September 12, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया