राप्ती गाउँपालिकामा कांग्रेसको थारु संघ गठन

मसुरिया । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघ, दाङले राप्ती गाउँपालिका कार्यसमिति गठन गरेको छ ।

शनिबार देउखुरीको राप्ती गाउँपालिकाको बसन्तापुरमा आयोजित भेलाले हिमलाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा लक्ष्मण चौधरीलाई चयन गरेको छ ।

भेलाको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् थारु विभागका प्रमुख योगेन्द्र चौधरी रहेका थिए ।

भेलामा नेताहरु विद्याशरण चौधरी, विलोचन चौधरी, देवनारायण चौधरी, गोकुल चौधरी, महेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 September 16, 7:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया