लुम्बिनी प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्त शान्तादेवी ढकाल को हुन् ?

मसुरिया । लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ निवासी शान्तादेवी ढकाललाई प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा नियुक्त गरेको छ ।

सोमबार देउखुरीको मसुरियामा बसेको मन्त्रिपरिषद बैठकले ढकाललाई सदस्य पदमा नियुक्त गरेको हो । सदस्यमा नियुक्त भएकी ढकाल त्रिभुवन विश्व विद्यालयबाट राजनीतिकशास्त्रमा स्नाकोत्तर हुन् । उनी सन् २००५ देखि २००७ सम्मको समूहमा ७१ प्रतिशत अंकसहित दोस्रो टपर हुन् । उनले सन् १९९६ देखि १९९८ मा मानविकीमा स्नात्तक गरेकी थिइन् । सन् १९९८ मा अंग्रेजी विषय (शिक्षा)मा ढकालले स्नातक गरेकी थिइन् । योसँगै ढकालले स्नातकमा दुई वटा विषयमा अध्ययन गरेकी छिन् ।

मेगाज पब्लिकेशनबाट प्रकाशित कक्षा ८, ९ र १० का पुस्तक पनि लेखेकी छिन् । त्यसमध्ये उनले ९ र १० कक्षाको किताव लेखेकी छिन् भने कक्षा ८ को कितावलाई सम्पादन गरेकी छिन् ।

नेपाली, अंग्रेस र हिन्दी भाषामा दख्खल राख्ने ढकाल पाठ्यक्रम विकास, आलोचनात्मक सोँचाइँ, मावन बोलाइ, मानव सिकाइ लगायतमा उनले अध्ययन अनुसन्धान दखल राख्छिन् ।

लिटिल एञ्जल स्कुल हात्तिबन ललितपुरका शिक्षिका ढकालले सो स्कुलमा सोलल स्टडिज विभागको प्रमुख, सरकारद्वारा प्रमाणित पाठ्यक्रम विकासकर्ता, सामाजिक अध्ययन तथा अनुसनधान सामाज नेपालको केन्द्रीय उपाध्यक्ष, पाठ्यक्रम विकनस केन्द्र सानाेठिमी भक्तपुरबाट शैक्षिकसत्र २०८१/८२ का लागि छनौट भएका वषयगत विज्ञहरूमध्य सामाजिक अध्ययन सामाजिक जीवनपयाेगी शिक्षा (कक्ष १२ सम्म) विषयविज्ञकाे रुपमा जिम्मेवारी सम्हालेकाे, रोज महिला समूहको कार्यकारी निर्देशक समेतको जिम्मेरी सम्हालेको अनुभव रहेको छ ।

पिता छविलाल आचार्य र माता नेत्रकला आचार्यको कोखमा जन्मलिएकी ढकाल नेपाली कांग्रेसका नेता विमल ढकालसँग विवाह गरेकी छिन् । उनका छोरा र छोरी छन् ।

Published : Tuesday, 2024 September 17, 7:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया