रवि लामिछानेका पार्टनर जीबी राई मलेसियामा चढ्ने गाडी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा, काकीको सञ्चालक समितिका पूर्व सदस्य शिवबहादुर गुरुङले गितेन्द्रबाबु राई (जीबी राई) मलेसियामा अपार्टमेन्ट लिएर बसेको बताएका छन् ।

सहकारी छानविन समितिसमक्ष गुरुङले दिएको बयानमा राई मलेसियाको जोहार बाहाबा मा अपार्टमेन्ट लिइ डीबी६३१२ नम्बरको साईनिङ्ग ब्ल्याक कलरको गाडी र एचएच७५८६ नम्बरको एमएटीटी ब्ल्याकको अर्को गाडी प्रयोग गर्दै आएको बताएका छन् ।

गुरुङले आफू अन्यायमा परेको र सूर्यदर्शनमा मुद्दा चलेका १९ जनामध्ये ५ जना हाल कारागारमा थुनामा रहेको बताएका छन् । उनले १४ जना फरार रहेको बताएका छन् ।

राज्यले फरार अभिव्युक्तहरूलाई छिटोभन्दा छिटो कानूनको दायरमा ल्याउन उनले माग गरेका छन् । गुरुङले आफूलाई जानकारी नगराइकन कृत्रिम खाता खोलेर फसाइएको बयान समिति समक्ष दिएका छन् । उनले भने, ‘म थुनामा भएको र मेरो खाता र कम्पनीहरू बन्द भएको कारणले म एक्लैले केही गर्न सक्दैन ।’

सहकारीको करोडौं रकम अपचलन र ठगी गरेर रवि लामिछानेका पार्टनर जीबी राई फरार छन् । जीबी राई मलेसियामा लुकेर बसेका छन् । जीबी राईलाई गृहमन्त्री भएका बेला लामिछानेले पक्राउ गरेर ल्याउनुका साटो पूर्वसूचना दिएर भगाउने प्रयास गरेका थिए ।

सहकारीको रकम अपचलन र ठगी काण्डमा लामिछाने पनि पक्राउ परेर कारबाही हुने सम्भावना छ । लामिछानेलाई समितिले कारबाहीका लागि सिफारिस गरेको छ । राजनीतिक आडमा लामिछाने बच्दै आएका छन् ।

Published : Friday, 2024 September 20, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया