प्रधान सेनापति र भारतीय राजदूतबीच भेटघाट

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

शुक्रबार भद्रकालीस्थित जङ्गी अड्डामा प्रधान सेनापति सिग्देल र राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटघाट भएको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Saturday, 2024 September 21, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया