व्यूरोद्वारा नियन्त्रित मनोद्विपकको क्याप्सुल १ लाख ८० हजारसहित ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ६ जना मानिसहरूलाई ठूलो परिमाणको लागुऔषधको क्याप्सुलसहित पक्राउ गरेको छ ।

व्यूरोले शुक्रबार आफ्नै कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरेर औषधिजन्य मनोद्विपक पदार्थविरुद्द संचालन गरिएको विशेष प्रहरी कारवाहीका क्रममा ठूलो परिमाणसहित नियन्त्रित मनोद्दिपक पदार्थको कारोबारमा संलग्न गिरोहमध्यका ६ जना मानिसहरूलाई नियन्त्रणमा लिएको छ ।

भदौ १८ उदयपुरको गाईघाट नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको कर्णेश्वर नगरपालिका वडा नं. ७ माकलवारी बस्ने वर्ष ३० का श्रीबहादुर राईलाई सोही वडाको बागमती करिडोर सडक किनारबाट नियन्त्रित लागुऔषध पक्राउ गरेको छ । राईलाई ९०० क्याप्सुलसहित पक्राउ गरिएको छ ।

राई बस्दै आएको डेराकोठा खानतलासी गर्दा थप ३३ हजार ६०० गरी जम्मा ३४ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ ।

भदौ १९ गते सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ बस्ने वर्ष २२ को विपिनकुमार महतोलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ६ बाबाचोकबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९ सय र ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा भदौ ३१ गते पर्वत महाशिला गाउँपालिका वडा नं. ५ लुंखु घर भई काठमाडौंको मित्रनगर बस्ने वर्ष २७ को बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट नियन्त्रित मनोद्विपक पदार्थ ती ९००० क्याप्सुल सहित पक्राउ गरिएको छ ।

िउनले नियन्त्रित मनोद्विपक पदार्थ सम्झना रोक्काबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ ठेगाना भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ गोंगबु बस्ने वर्ष ३२ की सम्झना रोक्कालाई निजकै घरबाट पक्राउ गरिएको छ ।

रोक्काको घर कोठा खानतलासी गर्दा थप ८३ हजार तथा नगद रू.२ तथा ५० हजार बरामद गरिएको छ ।

सम्झना रोक्काले उक्त ट्रामाडोल क्याप्सुलहरू बिक्री वितरण गर्ने मुख्य व्यक्ति जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३४ को खुल्न आएको छ ।

असोज २ गते बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३४ प्रदीप सर्राफलाई जिल्ला काठमाडौंको टोखा नगरपालिका १० बाट ट्रामाडोल ३० क्याप्सुलसहित पक्राउ गरिएको छ । उनको कारोवारमा सहयोग गर्ने काठमाडौंको वडा नं. १५ डल्लु घर भएका वर्ष ५१ का मनमोहन श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदीप सर्राफले नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै निजहरू उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ वमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भई रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2024 September 21, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया