निर्मला हत्या प्रकरण बिथोल्ने यी हुन् मुख्य मतियार

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा लापरबाही गरेको अभियोगमा निलम्बित प्रहरी उपरीक्षक(एसपी) डिल्लीराज विष्टमाथि प्रहरी हेडक्वाटरले कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो ।

प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो ।

निर्मला हत्याकाण्डमा प्रहरी प्रधान कार्यालयमा निलम्बित एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको विषयमा छलफल चलिरहेको छ ।

एसपी विष्टका कारण प्रहरी संगठन नै बदनाम हुँदै गएको र पछिल्लो समय सोही प्रकरणलाई जोडेर आईजीपीकै राजीनामा माग्न थालिएपछि बर्खास्त गर्ने मुडमा प्रहरी प्रधान कार्यालय पुगेको स्रोतले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री निर्मला पन्त प्रकरणमा निलम्बित प्रहरी अधिकारीमाथि छानबिन भइरहेको बताउँदै कसुर प्रमाणित भए कसैलाई पनि उन्मुक्ति नदिइने बताए ।

Published : Tuesday, 2018 October 9, 10:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया