बाढीपहिरोबाट मृत्यु भएका देशभरि मृतकका परिवारलाई २५ हजारले सहयोग गर्छौं : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राम्रो काम गर्दा दर्ताहरुबाट सहयोग हुने बताएका छन् ।

शुक्रबार गृहजिल्ला सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेता बस्नेतले इमान्दारिता र पारदर्शिता हुने हो भने दर्ता आफै आएर सहयोग गर्ने बताए । उनले भने, ‘जहाँबाट ल्याएर आए पनि बाटो बनाइदिएको छ । गरिबलाई राहत दिएको छ, घर बनाइदिएको छ । बालबच्चा पढाइदिएको छ । औषधि उपचार गरिदिएको छ ।’

पूर्वमन्त्री बस्नेतले भने, ‘त्यो सहयोग पनि कहाँ कहाँबाट आयो ? भनिरहेका छौँ । साढे २ सय मानिसलाई २५ हजारको दरले बाँड्न हामी देशभरि हिँड्दै छौँ । अहिले मात्रै होइन पहिला पनि हिँडेको हो’, बस्नेतले भने ।

‘त्यो पैसा कहाँबाट आयो त ? पार्टीका साथीहरुले सहयोग गर्छु भन्नुभएको छ । राम्रो काम गरियो भने दर्ता जहाँ पनि पाइन्छ । काम पारदर्शी हुनु पर्छ । समानुपातिक हुनुपर्छ । निश्पक्ष हुनुपर्छ । सबैले सहयोग गर्छन् ।’

‘अफ्ठ्यारो पर्दा सबै काम हामीले गर्नुपर्छ भने सरकार नै मै हुँ भनिदिएको छु’, नेता बस्नेतले भने, ‘ड्राइपोर्टमा मिटिङ बस्यो । बाटो खोल्ने विषयमा बैठक बस्यो । लिपिङमा दुई वटा घरको मुआब्जा दिनु पर्ने भयो । सरकारले पैसा नदिने भने । त्यहाँ बाटो खोल्न सकेन ।’

उनले भने, ‘लिपिङमा बाटो कसरी खोल्ने भन्ने कुरा भयो । काठमाडौंमा बसेर व्यवसायीहरुलाई बोलाएर त्यो २ वटा घरको पैसा दिएर दुई वटा घर भत्कायौँ । दुई चार दिनमा कोदारीको बाटो खुल्छ । विकासमा जबरजस्ती गर्नु पनि पर्छ । मुआब्जा दिन करीव १ करोड व्यवस्था गरेका छौँ । यहाँको सांसद कहाँ हो थाहा छैन ।’

कांग्रेस नेता बस्नेत देशभरि बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका आफन्तका परिवारलाई २५ हजारका दरले क्षतिपूर्ति दिने बताएका छन् ।

उनले भने, ‘२५ हजारको दरले देशभरिका सबै मृतकका परिवारलाई बाँड्न हिँदै छौँ । यसमा बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरा सुन्दरी गाउँपालिकाको योगदान छ । मेरोतर्फबाट पनि सहयोग गर्छु ।’

नेता बस्नेतले विद्यालयलाई सहयोग गर्ने जर्मन नागरिकहरु र दाताहरुलाई धन्यावाद समेत दिएका छन् ।

Published : Friday, 2024 October 18, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया