प्रदीप अधिकारीसँग कुरा मिलेपछि मन्त्री पाण्डेलाई फलिफाप

काठमाडौं । चौतर्फी आलोचना भएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पछिल्लो समय धेरै बोल्न छाडेका छन् ।

प्राधिकरणलाई विभाजन गरेर सेवा प्रदायक र नियामक निकाय बनाउन दवाव परेको छ । प्राधिकरणलाई विभाजन गर्ने पक्षमा अधिकारी छैनन् । यस्तो अवस्थामा प्राधिकरणलाई विभाजन हुन नदिन महानिर्देशक अधिकारीलाई आफूलाई कुटनैतिक रुपमा अगाडि बढाएका छन् । प्राधिकरण विभाजन हुनेवित्तिकै खाइपाइ आएको सेवा सुविधा कटौती हुन भएपछि तनावमा अधिकारी छन् ।

आजकाल महानिर्देशक अधिकारी पहिले जस्तो धेरै बोल्दैनन् । त्यसैले अधिकारीले के गरिरहेका छन् भन्ने धेरैलाई थाहा छैन । संसदको अधिवेशन सकिएपछि प्राधिकरण नटुक्रनेमा ढुक्क भएर उनी बसेका छन् ।

महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हातमा लिएका छन् । मन्त्री पाण्डे महानिर्देशक अधिकारीसँग निकै खुसी छन् । अधिकारीले पाण्डेलाई कसरी खुसी बनाए धेरैलाई चासोको विषय बनेको छ । हवाई सेवालाई सुरक्षित बनाउन प्राधिकरण विभाजन कुरा चलिरहेका बेला मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच हिमचिम बढेपछि धेरैले जिब्रो टोक्न थालेका छन् ।

महानिर्देशक अधिकारीले मन्त्री पाण्डेलाई राम्रैसंग हातमा लिएका छन् । उनीहरुका बीच चाहेअनुसार उठबस छ । मन्त्री पाण्डेलाई महानिर्देशक अधिकारीले कठपुतली बनाएका छन् ।

मन्त्री पाण्डेको निजी र घर खर्चको पूरै जिम्मेवारी महानिर्देशक अधिकारीले लिएको भनेर प्राधिकरणभित्र चर्चा छ । महानिर्देशक पद बचाउन अधिकारीले मन्त्रीका साथै प्रधानमन्त्री केपी ओलीसँग पनि दुरी घटाएका छन् । एमालेका केहि नेताहरुलाई महानिर्देशक अधिकारीले पालेर राखेको आरोप छ । रास्वपाका नेताहरुसंग पनि आजकल महानिर्देशक अधिकारी नजिक भएका छन् । रास्वपाका सभापति रवि लामिछानेसँग पनि अधिकारीले सम्बन्ध बनाएका छन् । रास्वपाका सभापति लामिछानेसँग राम्रो सम्बन्ध बनाएपछि अधिकारीसँग रास्वपाका नेताहरु डराउन थालेका छन् ।

नेकपा (माओवादी केन्द्र)मा गंगा दाहालमार्फत पहिला देखिनै अधिकारीले राम्रो सम्बन्ध बनाएका छन् । गंगाको खर्च पनि महानिर्देशक अधिकारीले धान्ने गरेको बेलाबेला टिकाटिप्पणी हुने गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला अधिकारीको महानिर्देशक पद गंगाले नै बचाइदिएकी थिइन् ।

संसदीय छानविनमा पनि सबैलाई महानिर्देशक अधिकारीले प्रभावमा पारेको चर्चा छ । महानिर्देशक अधिकारीले नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणा र राप्रपाका सांसद धवलशम्शेर जबरलाई मात्रै प्रभावमा पार्न सकेका छैनन् । अन्य सबैलाई आफ्नो छायाँभित्र पारेर प्रभावमा राखेका छन् ।

विमानस्थलका हाकिम र ठेकेदारहरुलाई महानिर्देशक अधिकारीले निकै दुःख दिएको गुनासाहरु आइरहेका छन् । आरोप लगाउनेहरुले महानिर्देशक अधिकारीले विदेशी बैंकमा पैसा राखेको भनेर टिकाटिप्पणी पनि गरेका छन् । महानिर्देशक अधिकारीले हङ्कङ्ग र सिंगापुरमा सम्पत्ति जोडेर राखेको भन्दै अनुसन्धान गर्न माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय छानविन समितिबाट अफ्ठ्यारो पर्ने अवस्था आयो भने महानिर्देशक अधिकारी विदेश पलायन हुने चर्चा पनि प्राधिकरणभित्र कर्मचारीहरुले गरेका छन् ।

महानिर्देशक अधिकारीले अहिले पुनः आफूलाई खाटी एमाले भनेर चिनाइरहेका छन् । कांग्रेस, माओवादी, रास्वपाका असन्तुष्ट नेताहरुलाई गाली गरेर सरकार नै परिवर्तन गर्न परे आफूले चाहिए जति खर्च गर्न तयार रहेको भन्दै हिँड्ने गरेको चर्चा छ ।

महानिर्देशक अधिकारीले विभिन्न दलका सामान्य कार्यकर्ता र प्रहरीका परिवारलाई आफ्नो पनि लगानी रहेको भनेर बेहुली फ्रम मेघौली नाम गरेको फिल्म हेर्न दशैंमा टिकट उपलब्ध गराएका थिए ।

नेता र प्रहरीलाई दशैंमा प्लेनको टिकट मिलाउनेदेखि टिकट नै किनिदिने पनि कार्य पनि महानिर्देशक अधिकारीले गरेका थिए ।

उता, माहानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि विदेशी विमानलाई भैरहवा आउनुपर्ने नियम लाएर भैरहवा आउन विदेशी विमान इच्छुक भनेर प्रचार गरेका छन् ।

Published : Saturday, 2024 October 19, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया