जवरजस्ती करणी र गर्भपतन गरेर फरार बागचौरका के.सी. कीर्तिपुरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले जवरजस्ती करणी र गर्भपतन मुद्दामा फरार प्रतिवादी ३५ वर्षीय रामचन्द्र के.सी.लाई पक्राउ गरेको छ ।

सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं. २ बागचौर स्थायी वतन भएका के.सी.लाई व्यूरोको टोलीले मंगलबार काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ८, पाँगाबाट पक्राउ गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

के.सी.लाई १२ वर्ष ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना भएको छ ।

२०७७ साउन २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दर्ता भएको जवरजस्ती करणी मुद्दामा उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले के.सी.लाई कैद र जरिवाना हुने ठहर भएको थियो ।

सो सजाय वेरुजू भई भागी फरार रहेका के.सी.लाई व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

Published : Wednesday, 2024 October 23, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया