तरुणहरूले शनिबार कीर्तिपुरमा वृक्षारोपण गर्ने

काठमाडौं । नेपाल तरुण दलले आफ्नो ७२औँ स्थापना दिवसका दिन काठमाडौंको कीर्तिपुरमा वृक्षारोपण गर्ने भएको छ ।

कात्तिक १० गते शनिबार बिहान ८ बजे कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभार डाँडामा वृक्षारोपण गरिने अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उनले वृक्षारोपण कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्यका साथै तरुणहरूलाई निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यकामा रहेका सबै केन्द्रीय सदस्यहरूलाई वृक्षारोपण कार्यक्रममा सहभागी हुन तरुण दलको केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा पनि उल्लेख छ ।

यसअघि, मंगलबार परिपत्र गरेर अध्यक्ष गुरुङले नेपाल तरुण दल जिल्ला कार्यसमितिहरूलाई स्थापना दिवसका अवसरमा रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएका छन् । जिल्लाहरूले गरेका कार्यक्रमको जानकारी केन्द्रीय कार्यालयमा पठाउन पनि परिपत्रमा उल्लेख गरिएको छ ।

Published : Wednesday, 2024 October 23, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया