कांग्रेस नेता राणाद्वारा ललितपुरमा क्षति भएका घर, सडक र भौतिक संरचनाहरू बनाइदिन मन्त्री सिंहसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले ललितपुर जिल्लामा बाढी, पहिरोबाट घरहरू र भौतिक संरचनामा क्षति भएको भन्दै पुनःनिर्माणका लागि उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा शहरी विकासमन्त्री सिंहसँग पूर्वअर्थराज्य मन्त्री राणा नेतृत्वको टोलीले भेट गरेर बाढी, पहिरोबाट भएको क्षतिका विषयमा जानकारी गराएको हो ।

कांग्रेसका सांसद राणाले गोदावरी नगरपालिका, बागमती गाउँपालिका, कोञ्जोसोम गाउँपालिका र महांकाल गाउँपालिकामा भएको क्षतिका बारे मन्त्री सिंहलाई जानकारी गराएको ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठले बताएका छन् । मन्त्री सिंहले मन्त्रालयका तर्फबाट ललितपुरमा सहयोग गर्ने आश्वासन दिएका छन् ।

सांसद राणाले बाढी, पहिरोबाट पूर्णरुपमा क्षति भएका घर बनाउन र सुरक्षित बसोबासका लागि मन्त्री सिंहसँग आग्रह गरेका छन् । उनले खानेपानी, भत्किाएका सडक र बाटो मर्मत सम्भारका लागि पनि आग्रह गरेका छन् ।

Published : Wednesday, 2024 October 23, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया