१३ अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट, मुख्यमन्त्री लामाद्वारा पुरस्कार प्रदान

काठमाडौं । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बुधबार मुख्यमन्त्री बहादुरसिंह लामाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमले बताएकी छिन् ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको छ ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्नेछ ।

Published : Thursday, 2024 October 24, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया