गीतकार एवं डीआईजी कार्कीको शब्दमा तिहार गीत, बसन्त सापकोटाको संगीत, मेलिना-समिरको स्वर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका गीतकार दानबहादुर कार्कीको शब्दमा ‘ए जेठी आमा ढोका खोलन…’ बोलको गीत रिलिज भएको छ ।

तिहार पर्व मनाउने तयारी भइरहेका बेला तिहारसम्बन्धी गीत शनिबार बेलुका रिलिज भएको हो । गीतकार कार्कीले भनेका छन्, ‘तिहारको गीति कोसेली ए जेठी आमा ढोका खोलन भिडियोसहित हजुरहरू माझ रिलिज भएको छ । कृपया भिडियो हेरेर प्रतिक्रिया दिनु होला ।’

गीतमा संगीत बसन्त सापकोटाले दिएका छन् । संगीतकार सापकोटाले निकै मीठो लयमा तिहार गीत बनाएका छन् । संगीतकार सापकोटाका अधिकांश गीत हिट मानिन्छन् ।

गायिका मेलिना र गायक समिर खरेलले गीतमा स्वर दिएका छन् । श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको गीतमा सारङ्गी हेमन्तकान्छा रसाईली, बाँसुरी रत्न बिक, गितार राहुल विश्वकर्मा र एरेञ्ज दीक्षित पौडेलको रहेको छ ।

म्युजिक भिडियोमा सविता गुरुङ, सुनिशा बजगाईं, सामिया कार्की, राजु भुजु, सहिन प्रजापति, बालकृष्ण ओली लगायतको अभियन रहेको छ ।

यसअघि, डीआईजी एवम् गीतकार कार्कीले नेपाल प्रहरीको गीत लेखेका थिए । उनको दशैँ गीत पनि सार्वजनिक भएको छ ।

Published : Sunday, 2024 October 27, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया