स्रोत नखुलेको रकमसहित त्रिभुवन चौधरी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ५ लाखसहित ४८ वर्षीय त्रिभुवन चौधरीलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो अस्थायी प्रहरी पोस्ट महादेवपट्टीले चौधरीलाई ५ लाख नगदसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका चौधरीलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनलाई नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चौधरी भारतको बिहार राज्यको मोतीहारी, थाना ढाका ग्राम पंचायत, फूलवरिया बस्ने देवनारायण चौधरीका छोरा हुन् ।

Published : Monday, 2024 October 28, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया