गृहमन्त्री लेखकद्वारा पूर्वआईजीपी, पूर्वएआईजी र पूर्व डीआईजीहरूसँग परामर्श

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको शान्ति सुरक्षा लगायत विभिन्न विषयमा नेपाल प्रहरीका पूर्वआईजीपी, पूर्वएआईजी र पूर्वडीआईजीहरूसँग छलफल गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा मन्त्री लेखकले सुरक्षाका विषयमा परामर्श गरेको निजी सचिवालयले जनाएको छ । प्रहरी ऐन, उमेर हद, बढुवा, शान्ति सुरक्षा कायम गर्ने विषय लगायतमा गृहमन्त्री लेखकले सुझाव दिएका छन् ।

पूर्व आईजीपी रमेश चन्द ठकुरी र कुवेरसिंह राना, पूर्वएआईजीहरू दिवेश लोहनी, उत्तम सुवेदी, विज्ञानराज शर्मा, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, डीआइजीहरू रमेश खरेल, हेमन्त मल्लको छलफलमा उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 October 28, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया