प्यूठानमा पराजित एमाले नेता रिजाल भूमि आयोगको अध्यक्षमा नियुक्त

काठमाडौं । प्यूठानका हरि रिजाललाई सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रिजाललाई आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

आयोगको सदस्यहरूमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी रहेका छन् ।

आयोगको अध्यक्षमा नियुक्त भएका रिजाल प्यूठान जिल्लामा प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । रिजाललाई नेपाली कांग्रेसका रोज राणाले पराजित गरिदिएका थिए ।

प्रदेशसभाको निर्वाचनमा पराजित भएपछि रिजाल एमालेको लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पनि उम्मेदवार बनेका थिए । अध्यक्षमा पनि रिजाल पराजित भएका थिए ।

एमालेका महासचिव शंकर पोखरेल निकट मानिने रिजाललाई आयोगको अध्यक्ष बनाएको छ ।

Published : Tuesday, 2024 October 29, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया