नेपाली महिलालाई कुवेत भनेर इराक पठाउने पोखरेल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचखिन अपराध अनुसन्धान व्यूरो, बबरमहले ३७ वर्षीय असिम थापा भन्ने रामप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।
बिहीबार जारी विज्ञप्तिअनुसार व्यूरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ स्थायी वतन भएका पोखरेललाई मानव बेचविखनको अभियोगमा कात्तिक १२ गते चावाहिलबाट पक्राउ गरेको छ । ओमन लैजाने भनेर पोखरेलले ती महिलालाई दुबई हुँदै इराक लगेर घरेलु कामदारमा लगाएको खुलेको छ ।
पोखरेलले ओमनमा माहिनाको ३० हजार तलब हुन्छ भनेर २६ वर्षीया महिलालाई प्रलोभनमा पारेर इराकमा पठाएका थिए । ती महिलाका श्रीमानको जाहेरीपछि व्यूरोले महिलाको २०७८ चैत २५ गते उद्धार गरेर नेपाल ल्याएको थियो ।
पोखरेलले ती महिलासँग आर्थिक अवस्थाको फाइदा लिएर फ्रि भिषा, फ्रि टिकटमा घरेलु कामदारको माग भएको छ भनेर प्रलोभनमा पारेर मावन बेचबिखन गरेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।
पीडित महिलालाई बग्दादस्थित इराकी नागरिकको घरमा पठाई बन्धक बनाइ दिनमा १८ घण्टासम्म काम लगाई कुटपिट गरी शारीरिक यातना तथा मानसिक यातना दिएको अनुसन्धानबाट खुलेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया