नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/NIMB-Miteri-Bank.jpg?resize=810%2C330&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ ।
नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले उनीहरूलाई कारबाही गरेको जनाएको छ ।
पहिलो त्रैमासमा राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको छ ।
खाता खोल्दा÷सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएकोले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही स्वरुप सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई पनि कारबाही गरेको छ । मितेरी बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तरभन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाहीमा परेको छ ।
मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बुँदा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा बिस्तारमा रोक लगाउने तथा भूकम्पपीडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200&ssl=1)
पीएल सिंहसँगको संस्मरण
पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता ‘आनन्द’![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/Balen.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया