कटुवा पेस्तोलसहित तीनजना गुण्डाहरू पक्राउ

धनुषा । प्रहरीले जनकपुर उपमहानगरपालिकामा पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ ।

नल कटुवा पेस्तोल १ थान र १ राउण्ड गोली सहित जनकपुर उपमहानगरपालिका १९ बस्ने १९ वर्षीय रिक्रेश साह, १८ वर्षीय आशिष मण्डल र औरही गाउँपालिका ६ का २७ वर्षीय रामचन्द्र दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर उपमहानगरपालिका १९ स्थित फुसको छानो भएको झुपडीमा अवैध रुपमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रेल्वेबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाँच गर्दा उनीहरूलाई हतियार सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यसैबीच, काठमाडौं र भक्तपुरमा अवैध रुपमा जुवातास खेल्ने २१ जानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ४७ वर्षीय आनन्दनाथ फुयालले संचालन गरेको खाध्य गोदाममा जुवातास खेलिरहेको अवस्थामा फुयाल समेत १५ जनालाई ९ बुक तास र नगद ६६ हजार ९ सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका ७ काल्चा गाउँस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका बस्ने ५९ वर्षीय रामप्रसाद काफ्ले समेत ६ जनालाई ३ बुक तास र नगद ७७ हजार १ सय ४५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

Published : Saturday, 2018 October 13, 4:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया