छठ पर्वले साम्प्रदायिक भावनालाई समेटेको छ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले छठ पर्वको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्वको शुभकामना दिएका हुन् ।
उनले देश तथा विदेशमा बस्नुहुने नेपाली दाजु भाई दिदी वहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘लगातार ३६ घण्टाको कठोर उपवासका क्रममा षष्ठी तिथिमा अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ’, उनले भनेका छन् ।
‘यस्तो पर्वले साम्प्रदायिक भावनालाई समेटेको हुन्छ’, अध्यक्ष गुरुङले भनेका छन् ।
Published : Thursday, 2024 November 7, 10:56 am
फेसबुकबाट तपाईको प्रतिक्रिया