निकम्मा मन्त्री, सचिव र महानिर्देशकका कारण जहाजको भाडा बढ्यो, यात्रुलाई सास्ती, पार्किङमा लुट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने बहानामा यात्रुले सास्ती व्यहोर्नु परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयको आलोचना भएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीले विमानस्थल मर्मतको बहानामा दश घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराएपछि यात्रुले ठूलो सास्ती व्यहोर्नु परेको छ । राज्यलाई करोडौँको क्षति भएको छ । टिकट नपाउँदा यात्रुले महँगो टिकट किन्नुपर्ने बाध्यता छ ।

मन्त्री पाण्डे र सचिव डा.पाण्डेयलाई गोजीमा राखेर महानिर्देशक अधिकारीले मनपरी निर्णयहरू गर्दै आएको आरोप छ । महानिर्देशक अधिकारीको कुरा मानेर मन्त्री पाण्डे र सचिव डा.पाण्डेयको भूमिका पनि शंकास्पद रहेको भन्दै मन्त्रालयमा आलोचना भइरहेको छ ।

महानिर्देशक अधिकारीका सामु मन्त्री पाण्डे र सचिव डा.पाण्डेय निरिह बनेका छन् । मन्त्री पाण्डे र सचिव डा.पाण्डेय महानिर्देशक अधिकारीका सामु किन निरिह र मुसा जस्तो भएका हुन् प्रश्न उठेको छ । महानिर्देशक अधिकारीले फनफनी घुमाएपछि मन्त्री पाण्डे र सचिव डा.पाण्डेयलाई हुतिहारा र निकम्माको आरोप लागेको छ ।

विमानस्थल १० घण्टा बन्द भएपछि यात्रुले २ देखि ३ गुणा बढी पैसा तिर्न परेको छ । टिकटमा महँगी भएपछि महानिर्देशक अधिकारीले अनेकौ नाटक गर्दै आइरहेका छन् । महानिर्देशक अधिकारीको मन्त्री पाण्डे र सचिव डा.पाण्डेयलाई दोषी देखाउने योजना फ्लप भएपछि विभिन्न बहानाबाजी गर्दै आएका छन् ।

आफू तल परेपछि महानिर्देशक अधिकारीले जस्तो पनि झुटो बोल्ने र गफ दिने कार्यलाई निरन्तरता दिएका छन् । केही दिन अगाडि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा महँगो शुल्क लिएको भनेर प्रश्न गर्दा अधिकारीले सिधै झुटो बोलेर तर्क गर्न खोजेका छन् ।

महानिर्देशक अधिकारीले ललितपुर महानगरपालिकाको कुमारीपाटीमा घण्टाको ८० रुपियाँ लाग्छ भनेर बारम्बार गलत तथ्याङ्क दिएका छन् । कुमारीपाटीमा ललितपुर महानगरपालिकाले पार्किङ निःशुल्क बनाएको छ ।

अन्तर्वार्तामा महानिर्देशक अधिकारीले न्यूरोडमा पार्किङ महँगो छ भनेर गलत तथ्याङ्क दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले न्यूरोडको पार्किङ हटाएका छन् । बालेनले पुरानो हस पार्कको टावरमा निःशुल्क पाकिङ गरेका छन् । बालेनले अहिलेसम्म के गरेका छन् भनेर ऋषि धमलालाई महानिर्देशक अधिकारीले प्रश्न गरेका थिए ।

मेयर बालेनले गरेको काम काठमाडौं महानगरबासीले प्रत्यक्ष देखेका छन् । बालेनको कामकारबाहीमा आलोचना भएको छैन । बालेनले काहिँ कतै कमिसन खाएका छैनन्, भ्रष्टाचार गरेका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको पार्किङमा लुट धन्दा छ । विवादास्पद व्यापारी दीपक मल्होत्राले ठेक्का लिएको पार्किङमा प्रत्यक घण्टा मिटर व्याज जरी पार्किङको शुल्क लिइन्छ । पार्किङमा भएको ठगी धन्दाको महानिर्देशक अधिकारीले बचाउ गरेका छन् । महानिर्देशक अधिकारीका सामु मन्त्री पाण्डे र सचिव डा.पाण्डेय निरिह बनेका छन् । पार्किङको लुट धन्दाको विरोध हुँदासमेत कतैबाट सुनवाई भएको छैन ।

प्राधिकरणका महानिर्देशक अधिकारीले गरेका हरेक काममा प्रश्न उठ्दै आएको छ । महानिर्देशक अधिकारीको काममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन् । अख्तियारले महानिर्देशक अधिकारीसँग बयान लिएको छ । अख्तियारले कागजपत्र कब्जा गरेको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समेत दुई वटा समिति बनाएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छानविन गरिरहेको छ ।

Published : Monday, 2024 November 11, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया