धानखेतमा बालिका बलात्कार, त्यसपछि हत्या

जनकपुर । धनुषाको औरही गाउँपालिका १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनीषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही २ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको सूचना आयो । त्यसआधारमा उनलाई पक्राउ गरिएको थियो ।

उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् । दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

Published : Saturday, 2018 October 13, 11:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया