कांग्रेसका युवा नेताको प्रश्नले कम्युनिस्ट सरकारलाई तनाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले निर्वाचनमा गरेको बाचा पूरा गर्न नसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ओलखढुंगामा शनिबार चम्पादेवी गाउँपालिकामा आयोजित कार्यक्रममा कांग्रेस नेता खतिवडाले सरकारले जनतालाई महँगीको मारमा पारेको भन्दै आपत्ति जनाए ।

‘निर्वाचनका बेला वृद्धभत्ता पाँच हजार पु-याउने कुरा कता गयो ?’, प्रश्न गर्दै खतिवडाले भने, ‘सबै झुठको कुरा गरेर जनतालाई धोका दिइएको छ । यो कम्युनिस्ट सरकारसँग जनताको भरोसा उठेको छ ।’

ओखलढुंगाबाट निर्वाचित सांसदले काम गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘निर्वाचित सांसदहरू महोत्सव र रंगिन कार्यक्रममा हिँड्छन् । काम गर्दैनन् । ओखलढुंगाका जनताले कसरी सेवा पाउलान र ?’

यसैबीच, कांग्रेस नेता खतिवडाले सोमबार मोलुङ, सुनकोसी, मानेभञ्ज्याङमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम राखेका छन् ।

Published : Sunday, 2018 October 14, 8:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया