ठगी काण्डमा ‘तेल भिषा’की अभिनेत्री र निर्देशकविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । ठगीको अभियोगमा अभिनेत्री तथा निर्माता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे प्रहरीमा उजुरी परेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीमा ऋचा र शंकरविरुद्ध ठगीको उजुरी परेको छ ।
अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै ऋचा र शंकरविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।
अमेरिका नलगेर ऋचा र शंकरले पैसा फिर्ता माग्दा नदिएपछि प्रहरीमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले घटनाको बास्तविकताका विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
अभिनेत्री ऋचा र निर्देशक शंकर दुवै लामो समयदेखि अमेरिका बस्दै आएका छन् । अभिनेत्री समेत रहेकी पत्नी ऋचा घिमिरेका पति हुन् निर्देशक शंकर घिमिरे । उनीहरूले ‘तेस भिसा’ नाम गरेको चलचित्र निर्माण गरेका छन् ।
‘तेल भिसा’ नाम गरेको चलचित्र मंसिर ७ गते रिलिज हुने तयारी भइरहेका बेला ऋचा र शंकरविरुद्ध प्रहरीमा जाहेरी परेपछि खैलाबैला भएको छ ।
‘तेल भिसा’मा अभिनेता विपिन कार्की, वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायतको अभिनय छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया