स्व.खुमबहादुरको परिवारले दशैँ कसरी मनाउनेछ ?

घोराही । नेपाली कांग्रेसको तत्कालीन केन्द्रीय सदस्य स्वर्गीय खुमबहादुर खड्काको परिवारले यस वर्ष दशैँ नमनाउने भएको छ ।

खड्काको निधन भएको एक वर्ष पनि नपुेका कारण दशैं मनाउने कुनै योजना नरहेको आफन्तले बताएका छन् । खड्काको छ महिना अगाडि भारतको राजधानी नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

स्वर्गीय खड्काको कात्तिक ६ गते छमासिक परेको छ । सो कार्यक्रमका लागि खड्काकी पत्नी शिला गौतम खड्का र छोरा अनुराग खड्काले ललितपुरस्थित निवासमा कार्यक्रम गर्नेछन् ।

नेपाली कांग्रेसको प्रभावशाली राजनीति गरेका स्वर्गीय खड्काको निधनले दाङ कांग्रेसमा शोक परेको छ ।

खड्काकी पत्नी शिला गौतमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै केन्द्रीय सदस्यमा नियुक्ति गरेका थिए ।

दशैँमा खड्का परिवार ललितपुरमा बस्ने भएपनि दुई हप्ता अगाडि अनुराग खड्काले दाङमा आएर आफ्नो राजनीतिक उपस्थिति देखाउन खोजेका थिए ।

अनुराग खड्काले जिल्लाको भन्दा पनि केन्द्रका राजनीति गर्ने तयारीमा छन् । उनले दाङमा आफू निकटका विशेष गरेर बाबु खुमबहादुर खड्कालाई सहयोग गरेका नेताहरूलाई साथमा लिएर अगाडि बढ्ने योजना बनाएको दाङ कांग्रेसका नेताहरूको भनाइ छ ।

आमा शिला गौतम खड्काले पनि छोरालाई कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय बनाउने योजना बनाएकी छिन् । सोही अनुसार दशैँका बेला आफू निकटका नेताहरूसँग शिला र अनुरागले भेटघाट र परामर्शहरू गर्ने स्रोतले जनाएको छ ।

Published : Monday, 2018 October 15, 3:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया