मविरुद्धका आरोप झुठ्ठा हुन्, सामाजिक सञ्जाल र समाचारहरूविरुद्ध कानूनी उपचारमा छु : लक्ष्मी राई

काठमाडौं । न्यू लक्ष्मी ज्वेलर्स, युकेकी प्रोपराईटर लक्ष्मी राईले आफूविरुद्ध निरन्तर केही महिनादेखि सामाजिक सञ्जाल चत्रिरहत्या हुने गरेर सामग्री राख्ने र विभिन्न सञ्चारमाध्यममा मानमर्दन हुने गरी समाचार आइरहेको भन्दै गम्भीर आपत्ति जनाएकी छिन् ।

बुधबार राति सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत भिडियो जारी गर्दै राईले आफूविरुद्ध भइरहेका गतिविधिलाई नजिकबाट नियाली रहेको बताएकी छिन् । उनले न्यायका लागि कानूनी उपचारमा लागेको चेतावनी दिएकी छिन् । राईले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या हुने गरेर सामग्रीहरू पोष्ट भएको विषयमा नेपाल र बेलायतका नियामक निकायमा कानूनी उपचारका लागि निवेदन दिएको बताएकी छिन् । राईले आफूविरुद्ध निरन्तर प्रायोजित र चरित्रहत्या हुने गरेर समाचारहरू आएको भन्दै खण्डन गरेकी छिन् । ती समाचारहरूमा कुनै सत्यता नरहेको बताउँदै प्रेस काउन्सिलमार्फत खण्डनहरू पठाएको बताएकी छिन् । सामाजिक सञ्जालबाट चत्रिरहत्या भएको विषयमा पनि प्रहरीमा कानूनी उपचारमा गइसकेको उनले बताएकी छिन् ।

केही व्यक्तिले न्यू लक्ष्मी ज्वेलर्स यूकेको फेसबुक पेज ह्याक गरेर अनधिकृत कार्य गरेपछि आफूले स्थानीय अदालतमा जाहेरी दिएको राईले बताएकी छिन् । राईले अदालतबाट आफ्नो पक्षमा क्षतिपूर्तिसहितको फैसला भएको भिडियो सन्देशमा उल्लेख गरेकी छिन् । तर, राईले अनधिकृत र गैह्रकानूनी गतिविधि गर्ने व्यक्तिको नाम खुलाएकी छैनन् ।

‘बिगत केही महिनादेखि मेरोबारेमा नचाहिँदो, अनावश्यक कुराहरू सामाजिक सञ्जालमा आइरहँदा मलाई एकदमै दुःख लागेको छ’, राईले भनेकी छिन्, ‘मेरो शुभचिन्तकहरूले चासोको विषय पनि बनाउनुभएको छ । यस्ता किसिमको भ्रम तथा झुठ समाचारहरूले म लगायत मेरो व्यवसायमा पनि असर परिरहेको छ ।’

उनले भनिन्, ‘तपाईहरूले यस्ता कुराहरूलाई विश्वास गर्नु हुनेछैन । यस्ता कुराहरू आउँछन्, जान्छन् । मतलब राख्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’

‘यस्ता नचाहिँदा कुराहरू हरेक दिन जस्तो सोसल मिडियामा आउन थालेपछि मलाई दुःख लागेको छ’, राईले भनेकी छिन् ।

राईले भनेकी छिन्, ‘अदालतको आदेशपछि मेरोबारेमा लगातार सोसल मिडियामा समाचार आइरहेका छन् । नबिगार्नु नडराउनु भनेर मेरो शुभेच्छुकहरूले दिएको सल्लाहअनुसार चुप बसेको थिएँ ।’

‘मेरो वास्तविकता भन्न सामाजिक सञ्जालमा आएको हुँ’, उनले भनिन्, ‘एउटा अबला नारीले यस्ता नचाहिँदा आरोपहरू कतिदिनसम्म सहन सक्छ भन्नेर ।’

‘यस्तो किसिमको झुठ्ठा आरोपको प्रतिरोध तथा चरित्रहत्या गर्ने सम्बन्धित समाचारहरू सोसल मिडिया तथा पत्रपत्रिका लगायत भिडियोहरूमा नचाहिँदो ढङ्गले प्रचार प्रसार गर्ने व्यक्तिहरूको विरुद्धमा मैले प्रेस काउन्सिल नेपालमा रिपोर्ट गरेको छु’, राईले भनेकी छिन् ।

उनले भनिन्, ‘नेपाल प्रहरीको साईबर ब्यूरोमा पनि रिपोर्ट गरेको छु । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पनि रिपोर्ट गरेको छु ।’

राईले भनेकी छिन्, ‘मलाई पूर्ण विश्वास छ । यी झुठ्ठा र नचाहिने समाचार ल्याउने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार सजाय हुने नै छ ।’

केही व्यक्ति र तत्वले राईविरुद्ध एउटै किसिमका निरन्तर प्रयोजित समाचारहरू प्रकाशित गराउने, सामाजिक सञ्जाल टिकटक लगायतमा फेक आईडी बनाएर चरित्रहत्या गर्ने कार्य भएपछि न्यायका लागि नेपाल प्रहरी र प्रेस काउन्सिल नेपालमा निवेदन दिएको बताएकी हुन् ।

Published : Thursday, 2024 November 21, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया