बैंकिङ कसूर मुद्दाका फरार ३ जना पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दीको बेनी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका–१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुरको भक्तपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

पक्राउमध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपियाँ बराबरको चेक दिई खातामा पर्याप्त रकम मौज्दात नभई वाउन्स भई काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी उनलाई बौद्धबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

यसैगरी, बालकृष्ण महर्जन भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०८० जेठ २९ गतेको फैसलाले ५ दिन कैद, बिगो १६ लाख रूपियाँ जरीवाना र ६४ हजार रूपियाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहरभई फरार रहेका महर्जनलाई स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको छ ।

यसैगरी, जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका राजेन्द्र तुई तुईलाई प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 November 21, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया