आईजीपी कुँवरद्वारा दुई एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा आईजीपी कुँवरले गुरुङ र ढकाललाई एआईजी पदको दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
Published : Friday, 2024 November 22, 9:54 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया