रुकुम र बर्दिया घर भएका नेपालीमूलका नागरिकहरूको अमेरिकामा मृत्यु
न्युयोर्क । अमेरिका भएको गाडी दुर्घटनामा दुई जना नेपाली मूलका अमेरिकन नागरिकहरूको मृत्यु भएको छ ।
दुर्घटनामा परेको कारमा ४ नेपालीमूलका अमेरिकन नागरिकहरू सवार रहेका थिए । २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक कार दुर्घटनामा परेको छ ।
मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका–७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको अमेरिकाबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको उपचार भइरहेको छ ।
प्रारम्भीक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ । कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया