आईजीपी कुँवरद्वारा नुवाकोटमा भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको उद्घाटन

नुवाकोट । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका छन् ।

शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा कुँवरले नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण समेत गरेका छन् ।

आईजीपी कुँवरले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गरेका छन् ।

नवनिर्मित नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने उनले बताए । प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिएको समेत कुँवरले बताएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Published : Saturday, 2024 November 23, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया