सहकारी ठगका अभियुक्त लामिछानेको काण्डको प्रमाण प्रहरीको हातमा, रास्वपाभित्र खैलाबैला
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्त थप १५ दिन दिएको छ ।
आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेलाई अनुसन्धानका लागि १५ दिन दिएको हो ।
लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई पनि अदालतले १५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय, काठमाडौंबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।
यसैबीच, सहकारी ठगका अभियुक्त लामिछानेले आफूलाई हिरासतबाहिर रहेर मुद्दा लड्ने व्यवस्था गरिदिन माग गरेका छन् । थुनछेकको बहसका क्रममा लामिछानेले आफू भागेर कहीँ नजाने बरु सहकारीपीडितको पक्षमा लड्ने बताएका थिए ।
लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा हुन्जेल कसैले पनि सहकारी ठगी प्रकरण नउठाएको दाबी गरेका थिए ।
सहकारी ठगका अभियुक्त रास्वपाका सभापति लामिछाने ३६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई काठमाडौं र चितवनमा बयानका लागि लैजाने सम्भावना छ । लामिछानेविरुद्ध चितवन र काठमाडौं प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।
उता, प्रहरीको अनुसन्धानका क्रममा लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ । लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया प्रा.लि.ले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपियाँ फिर्ता गरेको चेक भेटिएको छ ।
गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका लामिछानेले चेक काटेको भेटिएपछि रास्वपाभित्र खैलाबैला भएको छ ।
प्रहरीले लामिछानेविरुद्ध अन्य बलिया प्रमाणहरू पनि फेला पारेको छ । लामिछाने लामै समय थुनामा जाने सम्भावना बढेको छ । सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन रास्वपाका केही नेता र भाडाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन गरेका बेला प्रहरीको हातमा थप प्रमाणहरू परेपछि भाडाका टट्टुहरू निराश बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया