प्रधानमन्त्री ओलीद्वारा परराष्ट्रमन्त्री डा.राणासहित पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाससहित पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका छन् ।
सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ओलीले आफ्नो चीन भ्रमणलाई लिएर छलफल गरेका हुन् । उनले चीन भ्रमणको विषयमा जानकारी गराउनुका साथै सुझावहरू लिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा परराष्ट्रमन्त्री डा.राणाका साथै पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलाराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरू भेषबहादुर थापा, नारायणकाजी श्रेष्ठ, महेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया