पूर्वराजाले यसरी मन जिते सर्वसाधारणको

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई पूर्वराज शाहले टीका लगाइदिएका हुन् ।

टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरु पनि लामबद्ध थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्मल निवासमा टीका लगाउन आउने सर्वसाधरणको भीड बढी थियो ।

अपरान्ह ३ बजेपछि टीका लगाउने कार्यक्रम भए पनि सर्वसाधारण भने १ बजेदेखि प्रतिक्षारत् थिए ।

गणतन्त्रको स्थापनापछि पनि पूर्वराजाको हातबाट सर्वसाधारणले टीका तथा जमरा लगाउँदै आएका छन् ।

Published : Saturday, 2018 October 20, 2:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया