मन्त्री फेर्न आन्तरिक गृहकार्य शुरू, क-कसको दशाबिग्रियो ?

काठमाडौं । आन्तरिक विवादले बस्न नसकेको नेकपाको सचिवालय बैठकमा मन्त्री परिवर्तनको विषयले प्रवेश पाउने भएको छ ।

असोज २७ गते बस्ने भनिएको बैठक दशैं अगाडि बस्न सकेको थिएन । कात्तिक ४ गते आइतबार बस्ने भनिए पनि शनिबार साँझसम्म बैठकको समय तोकिएको छैन ।

अब बस्ने भनिएको नेकपाको सचिवालय बैठकमा मन्त्री हेरफेरसम्बन्धी एजेण्डाले प्रवेश पाउने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्ने संकेत गरेका छन् ।

अब बस्ने बैठकमा सरकारको मूल्यांकनसम्बन्धी एजेण्डाले प्रवेश पाउनेछ । त्यसपछि केही मन्त्रीहरु फेरबदल हुन सक्छन् ।

रबिन्द्र अधिकारी, रामबहादुर थापा, मातृका यादब, लालबाबु पण्डित, रघुवीर महासेठ लगायतलाई हटाउने तयारी भएको एक नेताले बताए ।

Published : Sunday, 2018 October 21, 7:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया