गृहमन्त्रीलाई हटाउने अाेलीकाे चाहना, अर्थमन्त्रीकाे सर्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापासंग असन्तुष्टि जनाउदै गृहमन्त्री परिवर्तनको इच्छा देखाएका छन् ।

गृहमन्त्री मात्र नभई ओलीले धेरै मन्त्रीहरूलाई हटाउने तयारी गरेका हुन् । कार्यकालको ६ महिनासम्म आइपुग्दा प्रधानमन्त्री ओलीले प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा टीम परिवर्तन गरेैर भए पनि सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।

मन्त्री फेरिने चर्चासँगै कोको मन्त्री बाहिरिएलान् भन्ने त्रासचाहिँ धेरैजना मन्त्रीहरुमा बढेको छ । विशेष गरी पर्यटनमन्त्री रविन्द्र अधिकारी फेरिन सक्ने चर्चा छ ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई नै फेर्न चाहेको नेकपा स्रोत बताउँछ ।

गृहमन्त्री थापालाई हटाउँदा नेकपाभित्रको शक्ति सन्तुलन खल्बलिन सक्ने डर प्रचण्डलाई छ । उता पूर्वमाओवादीका नेताहरु चाहिँ अर्थमन्त्री युवारज खतिवडालाई पनि हटाउनुपर्ने लाइनमा रहेको स्रोतको भनाइ छ ।

कामको भूमिकाका हिसाबले हेर्ने हो भने ओली सरकारका कोही पनि मन्त्रीहरुको काम गराइ प्रभावकारी देखिएको छैन । युवा पुस्ताले आश गरेका रविन्द्र अधिकारीदेखि लिएर उद्योगमन्त्री मात्रिका यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसम्मको कार्यसम्पादन कमजोर देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापा वादलजस्तै अर्थमन्त्री डा। युवराज खतिवडाको भूमिका पनि प्रभावकारी हुन नसकेको जनगुनासो छ । त्यस्तै उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेतको पनि काम गराई प्रभावकारी देखिएको छैन ।

सञ्चारमन्त्री गोकुल बास्कोटा बेलाबखतमा विवादमा आइरहेका छन् । यसरी सबै मन्त्रीहरुको काम गराईलाई हेर्दाखेरि फेरिनुपर्नेमा प्रायः सबै मन्त्रीहरुको नाम लिनुपर्ने अवस्था छ ।

Published : Sunday, 2018 October 21, 8:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया