जगन्नाथ देवल र झुम्का कारागार प्रशासकको सरुवा, थुप्रै सहायक सीडीओ र उपसचिवहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले १२ जना उपसचिवहरूको सरुवा र पदस्थापना गरेको छ ।
मन्त्रालयको बुधबारको निर्णयानुसार उपसचिव कल्पना घिमिरे नेपाललाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । कल्पना ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् ।
उपसचिव चिरञ्जीवी भण्डारीलाई गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पदस्थापना गरिएको छ । कृष्णबहादुर कटुवालको केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौंबाट गृह मन्त्रालयमा सरुवा भएको छ । कटुवाल कारागार प्रशासक पदमा कार्यरत थिए ।
अन्जन न्यौपानेलाई गृह मन्त्रालयबाट केन्द्रीय कारागार जगन्नाथ देवल, काठमाडौंमा सरुवा गरिएको सूचनामा उल्लेख छ । न्यौपानेलाई कारागार प्रशासकको जिम्मेवारी दिइएको छ ।
उपसचिव डोरेन्द्र निरौलालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । निरौला भक्तपुरमा प्रमुख सहायक जिल्ला अधिकारी रहेका थिए ।
उपसचिव गीता घिमिरेलाई गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख सहायक जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
उपसचिव सुवासकुमार लामिछानेलाई जिल्ला प्रशासन कार्यालय चितवनको प्रमुख सहायक जिल्ला अधिकारीबाट कारागार कार्यालय, झुम्का, सुनसरीमा सरुवा गरिएको छ ।
उपसचिव ध्रुवप्रसाद कोइरालालाई कारागार कार्यालय, झुम्का, सुनसरीबाट सरुवा गरेर जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख सहायक जिल्ला अधिकारीको जिम्मेवारीसहित सरुवा गरिएको छ ।
उपसचिव खगेन्द्र सुवेदीलाई गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय धनकुटाको प्रमुख सहायक जिल्ला अधिकारीको जिम्मेवारीसहित सरुवा गरिएको सूचनामा उल्लेख छ ।
उपसचिव सहदेव रायमाझीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । चुडामणि शर्मा गौतमलाई गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय चितवनको प्रमुख सहायक जिल्ला अधिकारीको जिम्मेवारीसहित सरुवा गरिएको छ ।
गृह मन्त्रालयका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय सिरहामा प्रमुख सहायक जिल्ला अधिकारीको जिम्मेवारीसहित पदस्थापना गरिएको गृह मन्त्रालयको विवरणसहितको सूचनामा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया