वामदेव गौतमको च्याप्टर क्लोज, बालुवाटारसँग रुष्ट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सचिवायल बैठकले सांसद मानन्धरको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मानन्धरको राजीनामा स्वीकृत नभएपछि वामदेव गौतम काठमाडौं ७ बाट चुनाव लड्ने च्याप्टर क्लोज भएको छ ।

बैठकमा सांसद रामवीर मानन्धरको राजीनामा पत्रबारे गहिराइएमा गएर छलफल भएको थिएन । प्रवक्ता श्रेष्ठले भने, ‘अब पार्टी उपचुनावमा नजाने र वामदेवजी चुनाव नलड्ने निश्कर्ष निकालिएको छ ।’

नेकपाको सचिवालय बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चाँडो टुंगो लगाउने, नेतृत्वको बीचमा आशंका अन्त्य गरेर सुदृढ एकता कायम गर्ने र सरकारलाई पनि सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालिएको थियो ।

नेतृत्वको वीचमा लामो एवं खुल्ला छलफल भएको र एजेण्डागत रुपमा चाहीँ रामवीर मानान्धरको पत्रको विषयमा केन्द्रित भएर छलफल भएको उनले बताए । आफ्नो बारेमा राम्रोसँग बैठकमा छलफल नगरेको भन्दै नेता वामदेव गौतम रिसाएका छन् । गौतमले आहिले पनि सांसद बन्ने इच्छा देखाएको एक नेताले बताए ।

पार्टी एकता र सरकारका विषयमा स्थायी समितिको बैठकमा छलफल हुनेछ । नेकपाको स्थायी समितिको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ ।

नेकपाको केन्द्रीय सचिवालयको अर्को बैठक भने सोमबार दिउँसो १ बजे पुनः बस्नेछ । सो बैठकमा मन्त्री परिवर्तनका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

Published : Sunday, 2018 October 21, 9:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया