सिलिगुडीमा नेपाल–भारत महिला मैत्री फुटबल, एसएसबीलाई उपाधि
सिलिगुडी । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को महिला फुटबल टिमबीच मैत्रीपूर्ण खेल भएको छ ।
भारतको सिलिगुडीमा भएको खेलमा नेपालविरुद्ध भारत टाइब्रेकरमा विजयी भएको छ । नेपाल भारत महिला मैत्री समाजको आयोजनामा सिलिगुडीस्थित सशस्त्र सीमा बलको टोर्सा स्टेडियममा प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा गोल नभएपछि भारतीय विभागीय टोलीले टाइब्रेकरमा नेपाललाई हराउँदै खेल उपाधि हात पारेको हो ।
नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष तथा प्रतिनिधिसभाकी सांसद चन्दा चौधरीले नेपाल र भारतबीच रहेको सांस्कृतिक तथा सामाजिक सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतको भूमिका उल्लेख्य रहेको बताइन् । उनले दुई संगठनको व्यवसायिकताले नेपाल र भारतको मात्र सीमाको सुरक्षा नभई सम्पूर्ण दक्षिण एसिया कै सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी छिन् ।
अध्यक्ष चौधरीले नेपाल भारत महिला मैत्री समाजले फुटबल खेलको आयोजना गर्नु दुई व्यवसायिक संगठनबीच आपसी सौहार्दता बढाउनुको साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने एक प्रयास रहेको बताएकी छिन् ।
नेपाल भारतबीच सम्बन्ध प्रगाढ बनाउन आफू सधैं एक सेतुको रूपमा काम गरिरहने सांसद एवम् अध्यक्ष चौधरीले बताएकी छिन् ।
फुटबल म्याचमा सशस्त्र सीमा बलका आइजी सुधीर कुमार, बिएसएफका आइजी सूर्यकान्त शर्मा तथा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सशस्त्र सीमा बल भारतका आइजी सुधीर कुमारले नेपालकी सांसद चन्दा चौधरीले मैत्रीपूर्ण खेलको आयोजना गरेको भन्दै प्रशंसा गरेका छन् । उनले सांसद चौधरीको भूमिका अत्यन्तै सह्रानीय भएको बताएका छन् । यस प्रकारका खेलले दुई देशको विभागीय संगठनबीचको सम्बन्ध अझ सदृढ भएको बताउँदै सशस्त्र सीमा बल सांसद चौधरीप्रति आभार रहेको उनले बताए ।
आइजी कुमारले नेपाल भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध बढाउन सांसद चौधरीले खेलिरहेको भूमिकाको पनि दुवै देशका नागरिकले प्रशंसा गरिरहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया