यसरी पक्राउ परे मोस्ट वान्टेड भरत साह

काठमाडौं । भदौ १० गते महोत्तरी औरही नगरपालिका १ का सन्तोष चौधरीकी ८ महिने छोरीको चोरी गरेर बलात्कारपछि हत्या गर्ने भरत साहलाई प्रहरीले दुर्गा पूजा हेर्न भारतबाट नेपाल आएका बेला पक्राउ गरेको छ ।

औरही ८ स्थित जंगलमा शिशुको शव फेला परेको थियो । शिशुको शरीरबाट रगत बगिरहेको थियो । एसपी ईश्वरबाबु कार्कीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी प्रमुख भएर अघिल्लो दिनमात्र जिम्मेवारी सम्हालेका थिए ।

महोत्तरी भङगाहा नगरपालिका ६ बस्ने २६ वर्षीय भरत साहलाई लामो प्रयासपछि प्रहरीले सुनसरीको भान्टाबारीबाट पक्राउ गरेको जनाएको छ ।

साह पहिलेदेखि नै समाजमा विवादित व्यक्ति भएको प्रहरीको दाबी छ । मदिरा तथा लागुऔषध सेवन गरेर हिँड्ने गरेको एसपी कार्की बताउँछन् ।

प्रहरीले साह समात्न लागुऔषध सेवन गर्नेलाईसमेत परिचालन गरेको थियो । साहलाई पत्ता लगाउनेका लागि ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि प्रहरीले गरेको थियो ।

दुई महिनादेखि शिशु हत्या अभियोगमा प्रहरीले खोजी गरिरहेका साह गत शनिवार पक्राउ परेपछि प्रहरीलाई राहत मिलेको छ ।

साहलाई सुनसरीको भण्टावारीबाट पक्राउ गरिएको एसपी कार्कीले बताएका छन् । शिशु हत्या गरी उनी भारत गएको प्रहरीमा बयान दिएका छन् ।

बयानमा साहले शिशुको हत्या गरेपछि पक्राउ पर्ने डरले खेतै खेत भागेर भारतको सितामढी गएको बताएका छन् ।

भारतको सीतामढीमा १५ दिन रेलवेयमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । सीतामढीमा पनि प्रहरी पुगेको थाहा पाएपछि साह त्यहाँबाट छोडेर दरवंगा गए ।

दसैँ आएपछि शाहलाई दूर्गा पूजा हेर्ने रहर भयो । उनी भारतबाट नेपाल आए । सुनसरी आएपछि केही महिना महोत्तरीमा काम गरेर सुनसरी सरुवा भएका एक प्रहरीले भरतलाई देखे । उनले सहजै चिनेर महोत्तरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी गरिरहेका साह उनै थिए ।

साहले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको एसपी कार्कीले बताए । रक्सी खाएर शिशुको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको बताइएको छ ।

Published : Monday, 2018 October 22, 9:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया