क्षमताभन्दा दोब्बर यात्रु बोकेको स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
गौर । रौतहट जिल्लामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् ।
मंगलबार बिहान सवा १ बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ धन्सारपुल नजिकैको पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित जंगलमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
बाराको निजगढबाट चपुरतर्फ आउँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कारपियो जीप आफै अनियन्त्रित भई सडकभन्दा दाहिने साइडको रुखमा ठोकिई दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेहरूमा सिराहाको अर्नामा गाउँपालिका ३ बंठियाटोल बस्ने वर्ष ६० की लरुवतीदेवी महरा, सोही ठाउँकी वर्ष ३० की उर्मिला महरा, वर्ष ५० की रामकुमारी महरा, वर्ष ५५ की महगींदेवी महरा, वर्ष ६२ की फूलमन्तीदेवी चमार, वर्ष ६० की रामकुमारीदेवी महरा, वर्ष ३० की सकुन्तलादेवी महरा र बलुवाटोल बस्ने वर्ष ४० का स्कारपिओ जीपका चालक श्रीकुमार यादव रहेको विज्ञप्तिमा उल्लेख छ ।
घाइतेहरूलाई उपचारको लागि चपुरस्थित हाईवे ट्रम्मा सेन्टर अस्पतालतर्फ पठाइएको छ । मृतकहरूको शवलाई पोस्टमार्टमको लागि चपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा सिराहको अर्नामा नगरपालिका ३ बस्ने उमेश रामकी श्रीमती वर्ष ३० की राधा राम रहेकी छिन् । राधाको अनुहार र मुखमा चोट लागेको छ ।
सोही ठाउँ बस्ने उमेश रामको छोरा वर्ष २ को आर्यन राम, गणेश रामको श्रीमती वर्ष २५ की देवकुमारी महरा, उनको छोरा वर्ष ७ को रितिक महरा तथा अरनमा नगरपालिका ३ बस्ने वर्ष ६० की कन्यादेवी महरा रहेको प्रहरीले जनाएको छ । घाइते कन्यादेवी महराको अवस्था गम्भीर रहेका कारण बयोधा अस्पताल बीरगंज पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया