कम्युनिष्टहरूको काम धेरै बोल्ने, जनता झुक्काउने होः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरूले काम भन्दा पनि कुरा मात्रै धेरै गरेर जनतालाई झुक्काउने गरेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति, दाङ सोमबार घोराहीमा आयोजना गरेको चियापन कार्यक्रममा नेता गिरीले जनतालाई झुक्काएर धेरै दिन बेवकुफ बनाउन नसक्ने बताए ।

‘वर्तमान कम्युनिष्ट सरकारले जनतालाई झूठ्ठो आसवासन मात्र दिएको छ’, उनले भने, ‘कुरा पानी जहाज र ट्रेनको गर्ने काम सडक मर्मतसम्म पनि नगर्ने ।’, उनले कम्युनिस्ट सरकारले न्यायालयलाई क्षतविक्षत गराउने कार्य गरेको आरोप लगाए ।

‘नागरिक अधिकार, प्रेस स्वतन्त्रतामाथि हमला गर्ने सरकार दिनानुदिन नेपाली जनताको सामु कमजोर भएको छ’, कांग्रेस नेता गिरीले भने ।

कार्यक्रममा कांग्रेसकी अनिता देवकोटा, पूर्वसांसद बुद्धिराम भण्डारी, राजु खनाल, पूर्व सभापति घनश्याम रेग्मी, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खडका, जगत खडका, शंकर डाँगी, विपुल पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2018 October 23, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया