साम्राज्ञी, आँचलसहितका सेलिब्रेटी फेसन शोमा देखिने

काठमाडौं । आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत करिब एक दर्जन सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका छन् ।

शनिबार (१४ डिसेम्बरमा) होटल याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शो यी सेलिब्रेटी शो टपरको रुपमा र्‍याम्पमा देखिने भएका हुन् ।

हेल्दी च्वाइसद्वारा प्रस्तुत ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ फेसन शोको पावर बाई ‘ले ग्ल्यामर’ र डिभन वाई ‘दीपल’ रहेको छ । फेसन शोमा पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्‍याम्प प्रस्तुत गर्नेछन् । शोका लागि सबै मोडल अडिसन मार्फत छानिएका हुन् ।

प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स अफ क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नस् कलेक्सन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्‍याम्पमा देख्न मिल्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।

फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनको भनाई रहेको छ ।

Published : Friday, 2024 December 13, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया